समाचार

राष्ट्रिय एकता अभियान नेपालको उपाध्यक्षमा  भूपेन्द्र चौधरी चयन

राष्ट्रिय एकता अभियान नेपालको उपाध्यक्षमा  भूपेन्द्र चौधरी चयन

काठमाण्डौ । नेपाल – राष्ट्रिय एकता अभियान नेपालले आफ्नो संगठनलाई थप मजबुत बनाउन संविधान सभा सदस्य  भूपेन्द्र चौधरीलाई उपाध्यक्षको रुपमा चयन गरेको छ। अभियानको केन्द्रीय बैठकमा सर्वसम्मत निर्णय गर्दै चौधरीलाई यो जिम्मेवारी सुम्पिएको हो।

चौधरीले संविधान सभामा आफ्नो प्रभावशाली भूमिका निर्वाह गर्दै राष्ट्रिय एकता र समावेशीताको पक्षमा काम गरेका छन्। उनी लामो समयदेखि सामाजिक न्याय,संघीयता,समानता र मानव अधिकारका मुद्दामा सक्रिय रहँदै आएका छन्।

कार्यक्रममा अभियानका अध्यक्ष विनय यादवले चौधरीको नेतृत्वदायी क्षमताको प्रशंसा गर्दै भने, ‘भूपेन्द्र चौधरीजस्ता अनुभवी र समर्पित व्यक्तित्वको सामेलले हाम्रो अभियानलाई थप उचाइमा पुर्‍याउने विश्वास छ।’

राष्ट्रिय एकता अभियान नेपालले मुलुकको विविधता र एकताको संरक्षण गर्दै सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।  चौधरीको उपाध्यक्ष पदमा चयनले अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

 

ADVERTISEMENT