संकटग्रस्त सरकारको असहज अवस्था, मुख्यमन्त्रीको हठी जवाफ—‘सभा विघटन हुँदैन’ अनि फोन कट!
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभा विघटन नगर्ने बताएका छन्। जेन–जेड आन्दोलनको उत्कर्षकालमा उनले दिएको राजीनामाबारे नेपाल आजले सोधेको प्रश्नको उत्तर दिने क्रममा सिंहले यस्तो दाबी गरेका हुन्।
नेपाल आजले आन्दोलनकै समयमा दिएको राजीनामाबारे सोधेको प्रश्नकै बीचमा मुख्यमन्त्री सिंहले संक्षिप्त जवाफ दिँदै फोन काटेका थिए। उनले भने, “प्रदेश सभा विघटन हुँदैन।”
जेन–जेड आन्दोलनले राजनीतिक सत्ता र नेतृत्वविरुद्ध तीव्र जनदबाब सिर्जना गरिरहेको बेला सिंहले दिएको उक्त प्रतिक्रिया थप विवादास्पद बन्दै गएको छ। यसअघि जनमत पार्टीका नेता महेस यादवले मुख्यमन्त्री सिंहमाथि “प्रदेश सभा विघटन गर्ने गोप्य षड्यन्त्र” गरेको गम्भीर आरोप लगाएका थिए।
असोज २८ गते सिंहले विश्वासको मत लिने तयारी गरिरहेका बेला यस्तो अभिव्यक्ति आएको हो। राजनीतिक वृत्तमा सिंहको यो ‘फोन काट्ने’ शैलीलाई संकटग्रस्त सरकारको असहज अवस्थाको संकेतका रूपमा व्याख्या गरिएको छ।
📢 सूचना:
पूरा वार्तालाप सुन्नका लागि नेपाल आजको आधिकारिक फेसबुक पेजमा जानुहोस्।
