समाचार

देशभर सफा मौसम, केवल पहाडी क्षेत्रमा आंशिक बदली र कोशीमा हल्का वर्षाको सम्भावना!

देशभर सफा मौसम, केवल पहाडी क्षेत्रमा आंशिक बदली र कोशीमा हल्का वर्षाको सम्भावना!

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर कुनै मौसम प्रणालीको प्रभाव छैन। आज देशको अधिकांश भूभागमा आकाश खुला रहँदा मुख्यतया सफा मौसम रहेको छ भने पहाडी क्षेत्रमा भने आंशिक बदली देखिएको छ।

महाशाखाले दिएको विवरणअनुसार, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागहरूमा आंशिक बादल रहनेछ भने बाँकी प्रदेशमा घामझुल्को मौसम रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना पनि रहेको बताइएको छ।

आज राति देशभर मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। निकट भविष्यमा कुनै ठूला मौसमी प्रणाली विकसित हुने सम्भावना नभएकाले यात्रु र कृषकहरूका लागि आगामी केही दिन अनुकूल मौसम रहने महाशाखाले जनाएको छ।

ADVERTISEMENT