समाचार

नेपाल टेलिकमका सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

नेपाल टेलिकमका सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको सह–प्रवक्तामा प्रक्षेत थापालाई नियुक्त गरेको छ। कम्पनीले जारी गरेको प्रेस नोटमार्फत केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप–प्रबन्धक थापालाई सह–प्रवक्ता तोकिएको जानकारी दिएको हो।

नेपाल टेलिकमका अनुसार सह–प्रवक्ताको जिम्मेवारीसँगै थापाले कम्पनीका गतिविधि, नीतिगत निर्णय तथा व्यावसायिक सूचनाहरू आमसञ्चार माध्यममार्फत सार्वजनिक गर्ने भूमिकामा रहनेछन्। यस निर्णयसँगै टेलिकमको संस्थागत सञ्चार प्रणाली थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

कम्पनीले सह–प्रवक्ता तोकिएको विषयमा आमसञ्चारकर्मीहरूलाई जानकारी गराउँदै आगामी दिनमा सूचनाको प्रवाह थप सहज बनाउने जनाएको छ।

नेपाल टेलिकमका सह–प्रवक्ता
ADVERTISEMENT