समाचार

"अर्यालको तिव्र आरोप: 'झुठा मुद्दा लगाएर फसाउने सरकारको रवैयालाई जनताले बुझिसकेका छन्!'"

"अर्यालको तिव्र आरोप: 'झुठा मुद्दा लगाएर फसाउने सरकारको रवैयालाई जनताले बुझिसकेका छन्!'"

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेको सांसद पदको निलम्बन फुकुवा गर्न माग गरेको छ। आज प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति तथा सांसद डोलप्रसाद अर्यालले रविको सांसद पद फिर्ता गर्नुपर्ने कुरा उठाए।

सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि मुद्दा चलेपछि स्वतः निलम्बन गरिएका लामिछानेको पक्षमा बोल्दै अर्यालले सरकारले मात्र नभएर संसदले पनि प्रतिशोधको राजनीति गरेको आरोप लगाए। उनले भने, "रवि लामिछाने चौथो ठूलो दलको सभापति हो, र सरकारको रवैयाले संसदले पनि समर्थन गरेको देखिन्छ।"

अर्यालले सभामुख देवराज घिमिरेलाई आग्रह गर्दै थपे, "झुठा मुद्दा लगाएर फसाउने सरकारको रवैयालाई जनताले बुझिसकेका छन्।"

अर्यालले कानुनी व्यवस्था अनुरूप थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नपर्ने कुरा कार्यान्वयन गर्न माग गर्दै, "रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गरिनु पर्छ," भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछाने सांसद डोलप्रसाद अर्याल
ADVERTISEMENT