समाचार

प्रधानमन्त्री ओलीलाई शाहीको सन्देश: राजा स्वीकार गर्नुहोस्, नत्र जनताले तपाईंलाई उखेल्छन्

प्रधानमन्त्री ओलीलाई शाहीको सन्देश: राजा स्वीकार गर्नुहोस्, नत्र जनताले तपाईंलाई उखेल्छन्

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चेतावनी दिएका छन्। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरी निर्मल निवास पुर्‍याएपछि आयोजित जनसम्बोधनमा उनले प्रधानमन्त्री ओलीलाई राजा सहितको प्रजातन्त्र स्वीकार्न आग्रह गरे।

शाहीले ओलीलाई चेतावनी दिँदै भने, "अब कि त सचिनुस्, कि त सकिनुस्। नयाँ सम्झौतामा आउनुस्। राजा सहितको प्रजातन्त्रलाई स्वीकार गर्नुहोस्।" उनले प्रधानमन्त्रीलाई चार बुँदे माग अघि सार्दै नयाँ सहमति गर्न आह्वान गरे।

उनका मागहरू यस प्रकार छन्:

नेपालमा राजा सहितको प्रजातन्त्र हुनुपर्ने।
जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने।
प्रदेश संरचना खारेज गर्नुपर्ने।
हिन्दु, बुद्ध, किराँत लगायत वैदिक सनातन हिन्दु राष्ट्रको घोषणा गर्नुपर्ने।
यी माग पूरा नगरेको खण्डमा सडक आन्दोलन हुने चेतावनी दिँदै शाहीले भने, "यदि यी माग पूरा भएनन् भने, जनताले सडकबाटै तपाईं र तपाईंको व्यवस्थालाई फालिदिनेछन्।" सम्वोधनका क्रममा उनले ‘राजा आउ, देश बचाउ’ को नारा पनि लगाएका थिए।

 प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही
ADVERTISEMENT