"पत्रकारको प्रश्नमा ओलीको अनौठो जवाफ: ‘राजगद्दीमा तपाईंलाई पनि राख्न सकिन्छ!"

"पत्रकारको प्रश्नमा ओलीको अनौठो जवाफ: ‘राजगद्दीमा तपाईंलाई पनि राख्न सकिन्छ!"

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि युट्यूबरहरूको प्रश्नको सामना गरे, जब उनी संसद भवनबाट बाहिरिँदै थिए। महिला युट्यूबरले उनलाई छेर्दै, "प्रधानमन्त्रीज्यू, तपाईंको अनुहार एकदम मलिन देखिन्छ। कसैसँग बोल्न चाहनुहुन्न जस्तो लाग्छ। राजावादीहरूले भनेका छन् कि राजालाई वैशाख ११ गते दरबारमा राखेर गद्दीमा बसालेर छोड्नेछन्। तपाईंको के भनाइ छ यसबारे?"

युट्यूबरको प्रश्नलाई सुनेपछि प्रधानमन्त्री ओली एकछिन रोकिए र आफ्नै शैलीमा जवाफ दिए, "राजगद्दीजस्तो कुर्सीमा त तपाईंलाई पनि राख्न सकिन्छ नि। होला… खुट्टी देख्दै पत्याइयो।"

यसै भनेपछि उनले थप प्रश्नहरूको सामना नगरी गाडीतिर प्रस्थान गरे।

संम्बधित खबर

विशेष

ADVERTISEMENT