समाचार

कुलमान घिसिङले किन गर्दैछन् पत्रकार सम्मेलन ?

कुलमान घिसिङले किन गर्दैछन् पत्रकार सम्मेलन ?

काठमाडौं — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आज पत्रकार सम्मेलन गर्दै छन्।

उनी कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर, अदालतले उनलाई राहत नदिँदै हाल नियुक्त हितेन्द्रदेव शाक्यलाई नै निरन्तरताको आदेश दिएपछि, घिसिङ आज पत्रकारहरूसँग प्रत्यक्ष रूपमा बोल्न लागेका हुन्।

उनको पत्रकार सम्मेलन आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा तय गरिएको छ। कार्यक्रममा उपस्थित हुन उनले सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

अबको सम्मेलनमा घिसिङले के भन्ने हुन्? के उनी नयाँ खुलासा गर्छन्? सबैको ध्यान त्यतै तानिएको छ।

ADVERTISEMENT