समाचार

सिराहामा १०३ किलो गाँजासहित ९ जना पक्राउ, भारतीय नागरिक पनि संलग्न

सिराहामा १०३ किलो गाँजासहित ९ जना पक्राउ, भारतीय नागरिक पनि संलग्न

सिराहा प्रहरीले शनिबार विशेष सूचनाका आधारमा १०३ किलो गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको औरही गाउँपालिका–४, कमलपुरबाट पाँच बोरा गाँजासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–१, मुक्सारका जयराम जोशी (४२), शिवकुमार सदा (३०), कृष्ण सदा (२२), सुरज सदा (१८) र पशुपति सदा (१७) रहेका छन्।

त्यस्तै, सोही क्षेत्रका जीवछ साह (३२), औरही गाउँपालिका–३ का राजेन्द्र यादव (४२), भारतको मधुवनी जिल्ला कुमरखद ग्राम पञ्चायत–१४ का वैजनाथ चौधरी (३९) र रमेश कामत (३०) पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार उनीहरू सबैलाई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

गाँजा तस्करीको गिरोह सक्रिय रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

विशेष

ADVERTISEMENT