समाचार

साउने पूर्णिमामा राति ११ बजेपछि देउडा गाउन रोक

साउने पूर्णिमामा राति ११ बजेपछि देउडा गाउन रोक

 हुम्लामा यस पटकको जनै (साउने) पूर्णिमामा राति ११ बजेपछि देउडा गाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयको पहलमा बसेको सर्वपक्षीय बैठकले शान्ति सुरक्षाको कारण देखाउँदै यो निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्येयका अनुसार विगतमा देउडा गीत रातभर गाइँदा झैँ–झगडा, चोरीजस्ता घटना हुने सम्भावना देखिएकाले रोक लगाइएको हो। “संस्कृति जोगाउने र शान्ति सुरक्षा कायम गर्ने दुवै दृष्टिले यो व्यवस्था गरिएको हो,” पाण्येयले बताए।

यसअघि साउने पूर्णिमाको चर्तुदशी र पूर्णिमाको दिन दिउँसो धामी नाच्ने, पूजापाठ गर्ने र रातभर देउडा गाउने चलन थियो। तर यस वर्ष चर्तुदशीदेखि पूर्णिमासहित पञ्चमीसम्मका दिन राति ११ बजेपछि देउडा गाउन नपाइनेछ।

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेरा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्षलगायतको उपस्थिती थियो।

 

विशेष

ADVERTISEMENT